विश्व

अमेरिकाद्वारा अफगानिस्तानमा रकेट आक्रमणको निन्दा

सौर्य अनलाइन २०७८ साउन ६ गते १६:१९ मा प्रकाशित

वासिङटन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवन नजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवन नजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् । ‘संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनःस्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौँ’, प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् ।

मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवन नजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् । ईदको नमाजपछि समारोहमा बोल्नु हुदै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय