धादिङ उद्योग वाणिज्य संघका महासचिव डल्लाकोटीको निधन

धादिङ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको निधन भएको छ । महासचिव डल्लाकोटीको आज आईतबार बिहान काठमाडौ स्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

विगत लामो समयदेखी सुगरका रोगी महासचिव डल्लाकोटीले मुटुमा समस्या देखिएको महसुस भएको भन्दै शनिवार उपचारका लागि काठमाण्डौ गएका थिए । उपचाररत् डल्लाकोटीको आज बिहान निधन भएको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया