जापानमा फेरि संकटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी

टोकियो । जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन् ।

उनले कोरोना भाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए ।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा दैनिक संक्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्टकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए । अहिलेको अवस्था हेर्दा संक्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया