‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अग्लो देखाउन राजालाई गुहारेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजीक सञ्जालमा लेख्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’ उनले लेखेका छन् ।

प्रचण्डले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्दै अहिलेकी राष्ट्रपति भन्दा राजाको सान त थियो भनेर टिप्पणी गरेका थिए ।

प्रतिक्रिया