‘विपक्षी दलका नेताहरूले मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने दुष्कर्म गरिरहेका छन’

काठमाडाैं । एमाले नेता सचेतक खिमलाल भट्टराईले माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य विपक्षी दलका नेताहरूले मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने दुष्कर्म गरिरहेको टिप्पणी गरेका छन् । शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको समेत बताएका छन् ।

उनले भनेका छन्,’विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौँ ।’ उनले बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने समेत बताएका छन् ।

उनले भनेका छन्,’संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’

प्रतिक्रिया