वर्षाले सुरु गरिन् ‘मेलम्ची राहत अभियान’

काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडितको सहयोगका लागि अभिनेत्री वर्षा सिवाकोटीले अभियान सुरु गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ‘मेलम्ची राहत अभियान’ सुरु गरेकी छन् । हुनत यतिबेला थुप्रै कलाकारले बाढीपीडितका लागि सहयोग जुटाइरहेका छन् । यसैमेसोमा अभिनेत्री वर्षाले चलाएको यो अभियानमा देश तथा विदेशबाट सहयोग जुट्न थालेको छ । उनले अभियानमा प्राप्त सहयोग नामसहित सार्वजनिक गर्ने जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘बाढीपीडित मेलम्चीबासी आदरणीय दाजुभाई एवं दिदीबहिनीको सहयोगका निम्ति आफ्नो तर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु ।’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्, ‘मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरौं ।’ सबैको प्रयासमा पीडामा रहेका मेलम्चीबासीलाई राहत मिल्ने आशा राखेको अभिनेत्री वर्षाले जनाएकी छन् । उनका अनुसार अभियानमा सहयोग जनाउन जोकोहीले प्रभु बैंकमा रहेको केबी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।

प्रतिक्रिया