उत्कृष्ट काम गर्ने लेखापाल पाण्डे सम्मानित

कालिकोट । पचालझरना गाउपालिकाको ७ औं गाउसभाबाट लेखापाल नवीन कुमार पाण्डे सम्मानित भएका छन् । गाउपालिकामा बिभिन्न प्रशासनिक कार्यमा दक्षता तथा उत्कृष्ट काम गरेको भन्दै गाउसभाबाट पाण्डे सम्मानित भएका हुन । राजस्व असुलि तथा अन्य प्रशासनिक काम मा देखाय को कार्य दक्षतालाई मुल्याकन गर्दै पाण्डेलाई उत्कृष्ट कर्मचारि घोषित समेत गरिएको गाँउपालिकाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीबाट लेखापाल नवीन कुमार पाण्डे सम्मानित भएका छन् । गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालका अनुसार बिभिन्न बिधामा रहेका अन्य १० जना कर्मचारीहरु पनि सम्मानित भएका हुन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया