मुम्बई । चर्चित बलिउड अभिनेता अनुपम खेरले आफू राजनीतिमा कहिल्यै नआउने बताएका छन् । उनले हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिमा नआउने जनाएका हुन् । उनले भने, ‘म राजनीतिमा आउने सवाल नै उठ्दैन ।’ सन् २०१७ मा अभिनेता अनुपमले हिमाञ्चल प्रदेश विधानसभा चुनाव लड्ने कुरा चलेको थियो ।
उनले भने, ‘तपाईं कसैसँग हात मिलाउनुहुन्छ भने मानिसहरु उनीहरुको फाइदा अनुसार परिणाम कोर्न लाग्छन् ।’ उनी प्रायः देशको वर्तमान राजनीति अवस्थाबारे सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै आएका छन् । तर, उनले राजनीतिमा आउने हल्लालाई भने नकारेका छन् । उनकी श्रीमती किरण खेरको स्वास्थ्य अवस्थाका बारेमा बोल्दै उनले अहिले सुधारोन्मुख रहेको जानकारी दिए । किरण चण्डिगढबाट भारतीय जनता पार्टीको सांसदमा विजयी भएकी थिइन् । उनी अहिले रक्त क्यान्सरबाट पीडित छन् ।
प्रतिक्रिया