नोकिया जी–२० र जी–१० बजारमा

काठमाडौं । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङको नवीनतम दैनिक जीवनको मागहरू पूरा गर्नका लागि नोकिया–जी २० र नोकिया जी–१० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरूलाई धेरै सहज बनाउने अपेक्षा गरिएको छ ।

नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेका लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रवि कुँवरका अनुसार नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरूबाट छुट्याएको छ ।

४/६४ जीबीको भेरियन्टको नेपाली बजारमा २० हजारमा रुपैया मुल्य रहेको छ । नोकिया जी–१० दुईवटा रङको भेरियन्टमा उपलब्ध रहेको छ । नाइट र डस्क । ४/६४ जीबीको भेरियन्ट नेपाली १७ हजार रुपैयाँ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया