राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाइ टुक्राटुक्रा पार्नुभो : अधिवक्ता बन्दी

काठमाडौं । अधिवक्ता गोबिन्द बन्दी संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरिरहेका छन्। बहसका क्रममा उनले संविधानको धारा ७६ को प्रक्रिया पूरा नगरेरै संसद् विघटन गरिएको दाबी गरेका छन्।

उनले बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने, ‘धारा ७६(५) को प्रक्रिया पूरा हुनलाई उपधारा ४ को प्रक्रिया पूरा हुनुपर्छ र?’ उनले अगाडि थपे, ‘प्रधानमन्त्री र राष्ट्रपतिले यसकारण प्रतिनिधिसभा विघटन गर्‍यो भन्ने के छ आधार?’

त्यसपछि बन्दीले जवाफ दिँदै भने, ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र कानुनको टुक्राटुक्रा पार्नु भो श्रीमान्।’ अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका छन्।

प्रतिक्रिया