‘को होला त्यो’ को महिला भर्सन

काठमाडौं । गायक सुनिल गिरीले ९ वर्षअघि गाएको ‘को होला त्यो मसँग आँखा जुधाउने’ गीत महिला भर्सन सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीले महिला भर्सनमा यो गीत गाएकी हुन् । गीतलाई गायक गिरीकै युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडेल प्रकृति श्रेष्ठको अभिनय छ । यसअघिको मिडियोमा समेत शाह र श्रेष्ठकै अभिनय थियो । यस गीतको मिडियोमार्फत ९ वर्षपछि पल र प्रकृति पुनः जोडीका रुपमा देखिएका छन् । पछिल्लो समय प्रकृति आफ्ना श्रीमानसँग अस्ट्रेलिया बस्दै आएकी छन् ।

प्रतिक्रिया