खोजखबर

नेपाल बैंकका सञ्चालक दाहालद्धारा शपथ ग्रहण

सौर्य अनलाइन २०७८ असार ८ गते २२:४४ मा प्रकाशित

काठमाडौं । नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ मा सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट शपथ लिएका हुन् । नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । उनी अर्थ मन्त्रालयका सहसचिव पनि हुन ।

शपथ ग्रहण कार्यक्रम पश्चात् अध्यक्ष मरासिनीले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । त्यस्तै, नवनियुक्त सञ्चालक दाहालले नेपाल बैंकको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र कम्पनी सचिवको उपस्थिति रहेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय