‘क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ।’

काठमाडौं । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । अदालतको यस अन्तरिम आदेशलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन् ।

यसैक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन् ।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ।’

प्रतिक्रिया