कोभिडबाट मृत्यु भएकालाई नेसनल लाइफको ५६ लाख बिमा भुक्तानी

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले स्व.सुुकुना गुुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ । स्व. गुुरुङले सन् २०१९ जुन ३ मा ५० लाखको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत श्री जीवन बिमालेख खरिद गरेको थियो । गत जेठमा कोभिडबाट मृत्यु भएकाले कम्पनीले बिमाबापत ५६ लाख ३० हजार रुपैयाँ निजको छोरा वीजेन्द्र गुुरुङलाई भुक्तानी गरेको हो । उक्त रकम नेसनल लाइफ इन्स्योरेन्सको वित्त विभाग प्रमुख प्रज्वल सायमीले हस्तान्तरण गरेका थिए । उक्त दबी आवश्यक कागजात प्राप्त भएको पाँच दिनभित्र नै दाबी फछ्र्यौट गरिएको दाबी विभागका प्रमुख नवीन श्रेष्ठले बताए ।

प्रतिक्रिया