गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले विश्वासको मत पाएका छन् । शुक्रबार (आज) प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मत दिइयोस् भनी राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

प्रदेशसभामा रहेका कूल ५९ प्रदेशसभा सदस्यमध्ये सभामुखबाहेक ५८ जना मतदानमा सहभागी भएका थिए । नेकपा एमालेबाहेक सबै दलले पक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते नियुक्त भएका हुन् । उनले ४ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया