प्रेम र विवाहमा सफल हुने सूत्र

मिलन आफन्त

पति पत्नीले वैवाहिक जीवनमा प्रेममय वातावरण ल्याउन एक अर्काको तारिफ गर्न पछि पर्नु हँुदैन, नियमित रूपमा गरिएको प्रयोगले वैवाहिक जीवनमा उच्चस्तरमा उठाउन सकिन्छ । पतिदेवले कुनै राम्रो काम गर्नुभयो भने त्यसको प्रशंसा गर्न पत्नी पछि पर्नु हुँदैन भने पत्नीको रूपको समेत पतिले खुलेरै तारिफ गर्नुपर्दछ ।

दम्पतीका लागि पे्रमभन्दा ठूलो कुरा केही हुन सक्दैन । हामीहरू एकअर्काको सुन्दरता र आकर्षणमा नै आवद्ध हुनेछौँ । यो समय यस्तो जादु हुन्छ, जसले हामीलाई प्रेममय जीवनको सबैभन्दा अचम्मको अनुभव भएको प्रतीक हुन्छ । हामीले पे्रमको वास्तविकता थाहा पाउनु पर्दछ । एक मानिस पे्रमको साथसाथै व्यावहारिक बन्दछ, त्यतिखेर इच्छा आकांक्षाहरूमा फरक आउन थाल्छ । तर, पतिपत्नीले सम्झौता गरेर आफ्नो जीवनयात्रालाई अगाडि बढाउनु पर्दछ । जीवनमा फाटो ल्याउनु हुँदैन ।

वैवाहिक जीवनमा सच्चा प्रेम त्यति बेला मात्र सुरु हुन्छ, जतिबेला त्यसप्रति आशक्तिपनाले मरिमेट्ने कामलाई त्याग्न सकिन्छ । त्यसपछि सहज र यथार्थ अवस्थामा स्थायी पे्रम कायम हुन सक्छ । वास्तविक प्रेम भनेको त्यो पे्रम हो जुन सोचविचार गरेर, तर्क वितर्क गरेर छानिएको विकशित अवस्थामा हुन्छ । इन्द्रिय को आवश्यकता पूरा गर्ने क्रिया त वासना मात्र हो । हामी सबैले यस्तो भावनाको विकास गर्न सक्नुपर्छ । ‘मलाई माया दिन तथा गर्न कसैको आवश्यकता छ । मलाई उसले छानोस्, प्रेम गर्नका निमित्त त्यस्तो कुनै राम्रो गुण देखोस् अनि मात्र सही प्रेम हुन र गर्न सकिन्छ ।’ पे्रमका निमित्त अनेकौँ प्रयास र अनुशासनको समेत आवश्यकता पर्छ । यो त आफ्नो इच्छाद्वारा आपूmले चाहना गरेको व्यक्तिले समेत फाइदा लिन सकोस् भन्ने हुनुपर्दछ । यस्तो खालको प्रेमद्वारा आपूmले चाहेको व्यक्तिको जीवन पनि खुसी समृद्धशाली हुन्छ भन्ने कुरालाई पुष्टि गर्ने खालको हुन्छ । प्रेममा डुबुल्की मार्ने अवस्थामा पे्रमी तथा पे्रमीको गुणलाई पनि महत्व दिनुपर्दछ । रूपमा मात्र डुबेर प्रेम गर्नु हुँदैन । आफ्नो मान्छेको बानीव्यहोरा, बुद्धि, इच्छा, प्रतिष्ठा सबैको ध्यान दिनु पर्दछ । आवेश र हतारमा आएर गरिएका कुनै पनि काम लामो समयसम्म चल्न सक्दैन । त्यसमा पनि प्रेम त अवस्था अनुसार अति कोमल हुन्छ । वैवाहिक जीवनमा वास्तविक प्रेमको अत्यन्तै महत्व छ ।

जसको जीवनसाथीको भावनात्मक प्रेमको गाग्रो भरिएको हुन्छ , उसैको प्रेमको सुरक्षाको अनुभव गर्न सक्छ । त्यसबाट नै सम्पूर्ण संसार रंगीन देखिन थाल्छ, जतासुकै उज्यालो देखिन थाल्छ । खुसीयाली उत्पन्न हुन थाल्छ अनि पछि आफ्नो जीवनकोे खुसीयालीको उचाइसम्म सजिलै पुग्न सक्छ । मानिसले गर्ने पे्रम भनेको स्वच्छ मनोभावना र राम्रो व्यवहारद्वारा नै गर्न सक्छ । मानिस ढुंगालाई देवता मान्न सक्छ भने एक मानवले अर्काे मानवलाई प्रेम गर्न किन सक्दैन ? तर मानवले मानव बन्न सक्नुपर्छ, दानव होइन । हुन त प्रेममा डुबेको अनुभव अति नै रोमाञ्चक हुन्छ तर त्यो थोरै समयका लागि आत्मकेन्द्रित हुन्छ । जुन प्रेमले तपार्इंको जीवन साथीको भावनात्मक अवस्था प्रेममा साँचो रूपले योगदान दिन्छ, त्यो तर्क, इच्छा र अनुशासनमा आधारित हुन्छ । यसैगरी नै प्रेममा परिवर्तन र पूर्णताको सम्भावना रहेको हुन्छ ।

पतिपत्नीले वैवाहिक जीवनमा प्रेममय वातावरण ल्याउन एकअर्काको तारिफ गर्न पछि पर्नु हुँदैन, नियमित रूपमा गरिएको प्रयोगले वैवाहिक जीवनमा उच्चस्तरमा उठाउन सकिन्छ । पतिदेवले कुनै राम्रो काम गर्नुभयो भने त्यसको प्रशंसा गर्न पत्नी पछि पर्नु हुँदैन भने पत्नीको रूपको समेत पतिले खुलेरै तारिफ गर्नु पर्दछ । तव मात्र वैवाहिक जीवन सफलताको गोरेटोमा अगाडि बढ्न सक्दछ । आफ्नो जीवनसाथीको लागि उत्साहवर्धक या प्रेरणा दिने खालका शब्दहरू प्रयोग गर्नुपर्दछ । उत्साहको अर्थ हो, साहस दिलाउनु, हौसला दिनु । हामी सबै जनाले कुनै न कुनै ठाउँमा असुरक्षाको अनुभव गर्छाैं, हामीमा साहसको कमी हुन्छ , यसैको कमीको कारण जतिसुकै राम्रो काम गर्न चाहे पनि गर्न सक्दैनौँ । तपाईंको जीवन साथीको अन्तरआत्मामा लुकेको योग्यता, क्षमता त्यतिबेला मात्र देखिन सक्छन्, तब तपार्इंले उत्साह वृद्धि गर्ने खालका शब्दहरूको प्रयोग गरेर ऊसित बोल्नुहुन्छ, तब उसमा रहेको असुरक्षाको भावना समाप्त भएर जान्छ । तपाईंका उत्साहपूर्ण शब्दले तपाईंकै जीवनसाथीको लागि जीवनको पहिलो कदम चाल्नका लागि आवश्यक र साहसिलो प्रेरणा दिन सक्छ ।

प्रतिक्रिया