राजनीतिक संस्कार र इमानदारी खै ?

डा. डीआर उपाध्याय

बिश्वमा सबैभन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन् । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नुपर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ ।

हाम्रो देशमा निष्ठाको राजनीति नहुनाले नीति निर्माण तह दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित हुन्छ भने निष्ठाको राजनीति आमनागरिक र राष्ट्रकै हित र स्वार्थमा केन्द्रित रहन्छ । पछिल्लो समयमा स्वार्थको राजनीति मौलाउँदै आएको छ । यसको कारण पनि व्यक्तिमा निहित लोभलालच र स्वेच्छाचारिता नै हो ।

सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् । कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन । त्यस्तो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन् । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ । मुलुक अब पुनः त्यही अवस्थामा फर्कंदै छ । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताका लागि भने घातक बन्दै आएको छ । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिकको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नुपर्छ । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो, तर निष्ठाको राजनीति ओझेलमा पर्दै गएको छ । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै हरेक दलको नेतृत्व वृत्तमा अगाडि छन । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने हो । तिनीहरूले देश र जनताको पक्षमा केही सोच्दैनन् । निष्ठाको राजनीति सधैँ सकारात्मक कार्यतर्फ उन्मुख हुन्छ । निष्ठावान् राजनीतिकर्मीको मनमस्तिष्कमा कपट हुँदैन ।

निष्ठाको राजनीति सामाजिक जीवनस्तर सुधार गर्नमा केन्द्रित रहन्छ भने स्वार्थको राजनीति व्यक्तिगत लाभमै सीमित रहन्छ । निष्ठाको राजनीतिले सिद्धान्त, विकास निर्माण र जनसरोकारका विषयलाई मूल मुद्दा बनाएको हुन्छ । अहिले निष्ठाको राजनीति घट्दो अवस्थामा छ भने स्वार्थको राजनीति मौलाउँदो अवस्थामा छ । निष्ठाको राजनीतिले व्यक्तिको कद बढाउँछ, स्वार्थको राजनीतिले घटाउँदै लान्छ ।

बिश्वमा सबैभन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन् । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नुपर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनुपर्छ ।

कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनुपर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन् । समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् । नागरिकको अबको एक मात्र सपना समृद्धि हो । समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा छ । यो देशको समृद्धिका लागि युवाको आवश्यकता छ । दिगो विकासका हरेक एजेन्डाहरू युवासँग जोडिएका छन् । नेपालको राजनीतिमा पछिल्लो समय जुन किसिमका राजनीतिक गतिविधि भइरहेका छन् ती सबै सन्तोषजनक छैननु । जनता निराश छन । अब युवाको काँधमा देशको जिम्मेवारी दिनुपर्ने आवश्यकता देखिन थालेको छ ।

राज्यका संयन्त्र, नीतिनियम र व्यवहारहरू जनमुखी छैनन् । देशमा सधैँ राजनीतिक अस्थिरता छ । यसरी देश कसरी अघि बढछ । विगतदेखि नै अपरिपक्व नेताकै कारण देश माथि उठन सकेन । अझै पनि कति समय यस्तै गन्तव्यहीन बाटोमा राजनीति जाने हो, त्यो कुनै निश्चित छैन । आजका हरेक युवामाझ यस्ता गम्भीर प्रश्न तेर्सिएका छन् । नेपालका राजनीतिक दल र तिनका नेताहरूमा इमानदारी भन्ने कुरा छँदै छैन । विगतदेखि नै उनीहरूमा राजनीतिक संस्कार, इमानदारी देखिएन । नागरिकले व्यवस्था परिर्वतनमा साथ दिएका हुन् । तर, समयक्रमअनुसार व्यवस्था बदलिए, नागरिकको अवस्था बदलिएन । सक्षम युवा नेतृत्व अवको खाँचो हो । अबको समय राजनीतिक संस्कार र इमानदारी हो । आज सक्षम र पौरखी युवा बिदेश पलायन छन् । त्यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । स्वदेशमा नै प्रसस्त अवसर र सम्भावना हुँदाहँुदै पनि रोजगारमूलक क्षेत्र व्यवसायको बिस्तार हुन सकेको छैन । स्वदेशकै स्रोत तथा साधनको उपयोग र संरक्षण, सम्वर्धन र विकास गर्न युवाको खाँचो छ । राज्यको दूरदर्शी नीतिको अभावले युवा बाध्यताले बिदेश पलायन छन । यस्तो नियति अझै कहिलेसम्म निरन्तर चल्ने हो कुनै ठेगान छैन ।

एकातर्फ युवा पलायन हुनु अर्कातर्फ कृषियोग्य भूमि बाँझो रहनाले उत्पादन र रोजगार राज्यले गुमाउनुपरेको छ । जसका कारण सामान्य वस्तु तथा सेवा, कृषि, पशुपक्षी, लत्ताकपडा र आधारभूत आवश्यकताहरूमा नै परनिर्भरता बढेको छ । नीति नियम प्रभावकारी र जनमुखी नहुँदा विकासका कार्यक्रममा अनियमितता, ढिलासुस्ती र चरम लापरवाही छ । सीमित व्यक्तिका स्वार्थका कारण यस्ता समस्या निरन्तर आइरहेका छन् । युवाले आज परिकल्पना गरेको नेपाल भनेकै सुशासन सहितको समृद्ध मुलुक हो । जुन देशमा सुशासन छ ती देश आज सम्पन्नताको शिखरमा पुगेका छन् । तर, हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौँ । बेथितिका विरुद्ध युवाले आवाज उठाउनु पर्छ । युवा नउठे को उठने ? युवा सधैँ सचेत हुनु जरुरी छ । पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ । यो चिन्ताको विषय हो । केही समयदेखि मुलुक आर्थिक, राजनीतिक र संवैधानिक संकटमा छ । राजनीतिक परिवर्तनपछि पटकपटक नेताहरूले जनतालाई भ¥याङ बनाएर सत्तामा जाने गरेका छन् ।

सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । यसले गर्दा पनि आमनागरिक दलप्रति असन्तुष्ट छन् । यसो हुनुमा दलहरू नै दोषी छन् । देश कोरोनाको कारण उत्पन्न समस्याले झेलिँदै गएको छ । गरिखाने वर्ग झन् पछि झन् गरिबीमा धकेलिँदै छन् । देशलाई संकटबाट बचाउन देशभक्त नेपालीहरू आफैँ जाग्नुपर्छ । देशको भविष्य सुधार्न सबै पक्ष इमानदारीका साथ लाग्नुपर्छ । देशमा अधिनायकवाद वा त्यस्तै कुनै पनि तानाशाह टिक्न सक्दैनन् । कसैले त्यस्तो सोचेको छ भने त्यो केबल दिवास्वप्न मात्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । यहाँ अरू कुनै विकल्प छैन । स्पष्ट खाका र मार्ग दर्शन दिन नसक्ने कुनै नेताको काम छैन । अब देशलाई क्षमतावान नेताको आवश्यकता परेको छ । अब अल्मलिने बेला छैन । देशलाई माथि उठाउन सक्ने सक्षम र योग्य नेताको जरुरी छ । अब देश हाँक्ने राजनीतिक दल र तिनका नेताहरूको इमानदारीको खाँचो छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भएका छन् । तर, परिवर्तनबाट जनताले सोचे बमोजिमका अपेक्षा पूरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ, त्यसको सुरुआती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ, तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी हरूको रक्षा गर्नु सरकार र जनताको कर्तव्य हो । शासकले आफ्नो र आफ्नो वरिपरि रहेका आसेपासे, नातागोतालाई मात्र हेर्ने जनताको अवस्था नबुभ्mने प्रवृत्ति र संस्कारले जनता असन्तुष्टि भई परिवर्तनलाई साथ दिन्छन् ।

जनताले राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याए । त्यसैगरी पञ्चायती व्यवस्थालाई फाली बहुदलीय व्यवस्था ल्याए । त्यो व्यवस्था ल्याउन कांग्रेस र कम्युनिस्ट मिलेर संयुक्त आन्दोलन गरे । त्यसपछि त्यो संयुक्त आन्दोलनको बलमा ०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो । ०४६ सालमा ल्याएको बहुदलीय व्यवस्था पनि एकदशकपछि पूर्वराजा ज्ञानेन्द्रको हातबाट खोसियो । गुमेको प्रजातन्त्रलाई फर्काउन ०६२÷६३ को संयुक्त जनआन्दोलन–२ गर्नुपरेको थियो । त्यही आन्दोलनको बलमा मुलुकलाइ यो अवस्थामा ल्याएको हो । अहिले सम्मको प्राप्त उपलब्धी त्यसैको परिणाम हो । यसको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व दुबै हो ।

हरेक परिवर्तनको आआफ्नै विशेषता हुन्छ । कतिपय देशमा प्रजातान्त्रिक शासन व्यवस्था राम्रो हुँदा ती देशहरू विकसित भएका प्रशस्त उदाहरण पनि छन् । नेपालमा भने प्रजातन्त्र नफापेजस्तो देखिन्छ । कारण के हो भने नेतृत्व वर्ग इमानदारी र दूरदर्शी भएनन् । ०४६ वा ०६२ मा भएका आन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना, संविधानसभाले बनाएको संविधान, त्यसको कार्यान्वयनले समानुपातिक समावेशी शासन पद्धतिको जग बसाल्न र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन २००७ फागुन ७ को ठूलो भूमिका रहेको छ ।

प्रतिक्रिया