विश्व

भारतमा ७५ दिनयताकै सबभन्दा कम कोरोना संक्रमित

सौर्य अनलाइन २०७८ असार १ गते १३:२२ मा प्रकाशित

नयाँ दिल्ली । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो (सोमबार) भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कूुल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय