छायांकार प्रधानको निधन

काठमाडौं । लामो समयदेखि उपचाररत् चलचित्र छायांकार रामशंकर प्रधानको ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानको आइतबार राति वीर अस्पतालमा निधन भएको हो । उनले ‘फेरि तिम्रो याद आयो’, ‘चलचित्र’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्र छायांकन गरेका थिए । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवंगत प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया