बाजुरामा  खोलाले बगाउँदा दुई जना बेपत्ता

बाजुरा । बाजुरामा अविरल वर्षापछि आएको खोलामा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नी खोलामा आएको बाढीले बगाउँदा स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा सोमबार बिहानदेखि बेपत्ता भएका हुन् ।

यस्तै बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला ल्वार पनि बेपत्ता छिन् । उनी पनि सोमबार बिहानदेखि बेपत्ता भएकी हुन् । गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा उनलाई बगाएको थियो । बेपत्ताहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

प्रतिक्रिया