गायक खत्रीले ल्याए मौलिक सालैजो गीत ‘सँगैका साथी’

काठमाडौं । लोदोहोरी गायक विष्णु खत्रीको मौलिक सालैजो गीत ‘सँगैका साथी’ को भिडियो सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ ।

विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिएका छन् । लय, शब्द गायक खत्री आफैँले गरेका छन् । उक्त गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ ।

सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गरेका छन् । गायक खत्रीले गीतको भिडियोलाई आफ्नै जन्मस्थल बागलुङको गलकोटमा छायांकन गरिएको जानकारी दिए ।

उनले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताए । यसभन्दा अगाडि पनि गायक खत्रीले विभिन्न मौलिक र राष्ट्रिय भावका गीत ल्याएर लाखौँ दर्शक–स्रोतामाझ लोकप्रिय बनेका छन् ।

प्रतिक्रिया