मनोजले मागे २० करोड

मुम्बई । कोरोना कहरका कारण अहिले भर्चुअल माध्यमबाट धमाधम चलचित्र प्रदर्शनमा आउन थालेका छन् । यसैबीच वेव सिरिज ‘द फेमिली म्यान २’ ४ जुनमा प्रदर्शनमा आइसकेको छ । यस सिरिजलाई थुप्रै दर्शकले रुचाएका छन् । अभिनेता मनोज बाजपेयीको मुख्य भूमिका रहेको चलचित्रलाई समीक्षक तथा दर्शकले समेत निकै तारिफ गरेका छन् । पहिलोमा जस्तै वेव सिरिजको दोसो शृंखलामा समेत अभिनेता मनोजको अभिनयलाई दर्शकले निकै रुचाएको पाइएको छ ।

यस सिरिजका लाागि अभिनेता मनोजले ८ देखि १० करोड पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसैबीच निर्माण पक्षले यसको तेस्रो सिरिज बनाउने तयारी गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ‘द फेमिली म्यान ३’ ९ भागेको हुनेछ । सिरिजको दोस्रो शृंखलामै तेस्रो सिरिज बन्न सक्ने आधार तयार पारिएको छ । यो वेव सिरिज अत्यधिक मनपराइएपछि अभिनेता मनोजले पारिश्रमिक समेत बढाएका छन् । उनले ‘द फेमिली म्यान ३’ का लागि प्रत्येक भागको २.२५ करोडदेखि २.५० करोड पारिश्रमिक लिने तयारी गरेका छन् । जस अनुसार उनले ९ भागको २० करोडभन्दा बढी पारिश्रमिक लिने जनाइएको छ । यो उनले ‘द फेमिली म्यान २’ मा लिएको भन्दा दोब्बर पारिश्रमिक हो ।

प्रतिक्रिया