खोजखबर

खड्काको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

सौर्य अनलाइन २०७८ जेठ २७ गते १३:५६ मा प्रकाशित

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुःख व्यक्त गरका छन् । खड्काको बुधबार काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दमौली र यस सेरोफेरोमा झण्डै डेढ दशकदेखि राजयोग तथा आध्यात्मिक सकारात्मक चिन्तनको क्षेत्रमा क्रियाशील रहेर प्रशिक्षण दिँदै आएका प्रशिक्षक एवं उर्जाशील युवा खड्काको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरका छन् ।

‘मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ,’ पौडेलले भनेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय