नागरिकता अध्यादेश विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।

सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो । प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेको थियो। यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा (आज) बिहीवार अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ ।

सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश रोकिनेछ । अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण सरु हुन सक्नेछ।

प्रतिक्रिया