लकडाउनमा २४ सय बढी सवारीसाधनमा परामर्श सेवा

काठमाडौं । सिप्रदीले ट्रेडिङले निषेधाज्ञा बीच सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, तथा फोहोर व्यवस्थापनमा खटिएका २ हजार ४ सय बढी सवारीसाधनलाई मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सबै परामर्श सेवा प्रदान गरेको छ ।

सरकारले नयाँ भेरियन्ट सहित दोस्रो लहरामा तीव्र रूपले फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि गत १६ वैशाखदेखि लगाएको निषेधाज्ञाको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई सिप्रदीले सेवा पु¥याउँदै आइरहेको जनाएको छ ।

हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्न, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २ हजार ४ सयबढी सवारीसाधलाई पूर्ण सेवा प्रदान गरिसकेको सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया