यमनको समस्या वार्ताबाट समाधान गर्नुपर्छ : इरानी विदेशमन्त्री

तेहरान । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले यमनमा हाल देखिएको संकट राजनीतिक प्रक्रियाबाट नै समाधान गर्नुपर्ने बताएका छन् । उनले अहिलेको यमनको समस्या अरु कुनै माध्यमबाट नभएर राजनीतिक तवरबाट र वार्ताको माध्यमबाट नै हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले यमनको समस्या समाधानका लागि इरानले कहिल्यै पनि सैनिक माध्यमबाट हुन्छ भन्ने नठानेको र यो समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता गरेर नै समाधान गर्नुपर्छ भन्ने इरानलाई लागेको उनले बताए ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफथससँग तेहरानमा भएको भेटवार्तापछि उाले सो धारणा राखेका हुन् । मार्टिन ग्रिफथस हाल इरानको भ्रमणमा पुगेका थिए । उनिहरुबीच बुधबार (आज) भेटवार्ता भएको हो ।

उनले यमनमा संकट शुरु भएको अहिले छ वर्षपछि त्यहाँ धेरै ठूलो मानवीय संकट परेको पनि बताएका छन् । यस संकटका कारण यहाँका नागरिक न्युनतम आवश्यकता पनि प्राप्न गर्न नसक्ने अवस्थामा रहेका देखिएको छ ।

उनले भनेका छन्, ‘कि समस्या झन् बल्झिँदै गएकोले अब सैनिकका माध्यमबाट समाधान खोज्ने बाटो बन्द गर्नुपर्छ ।’ यहाँका जनतामा मानवीय सहायताकै संकट पर्दै जान थालेकोले यस्तो अवस्थामा यहाँका नागरिकलाई सहयोग गर्नका लागि नाकाबन्दीको बाटो पनि कसैले रोज्न नहुने सुझाव पनि उनले पेश गरेका थिए ।

यमनमा सन् २०१४ देखि विभिन्न विद्रोही समूहहरुको हिंसा जारी रहेका छ । त्यहाँ गएका कैयौँ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । जसका कारण धेरै नागरिकको ज्यान पनि गएको छ ।

प्रतिक्रिया