सृष्टी एक दृष्टी अनेक : सन्दर्भ सामाजिक सञ्जाल

राजनविक्रम थापा

कतिपयलाई के भ्रम छ भने यस्तो सञ्जाल नेपालजस्ता बेरोजगार बढी भएका देशमा मात्र बढी प्रयोग हुन्छ । तर तथ्याकंले त्यस्तो भन्दैन । बरु बढी स्वतन्त्र मानिएका मुलुकमा बढी उपयोग भएको पाइन्छ । जनसंख्याको हिसाबले ठूलो मुलक मानिएको चीनबाहेक अन्य मुलुकहरू यस्तो सञ्जाल प्रयोगमा अगाडि नै देखिएका छन् । भारत र अमेरिका फेसबुक, ट्विटरमा अग्र तीनमा नै पर्ने रहेछन् ।

सूचना र सञ्चारको क्षेत्रमा भएको विष्मयकारी परिवर्तनसँगै मानिसहरूको दैनिकीमा निकै परिवर्तन आएको छ । कोरोना कहर अघिदेखि नै इन्टरनेट र उपकरणको माध्यमबाट सञ्जालमा आवद्ध भई आप्mना भावना, आवेग, संवेग, विचार, सूचना, जानकारी आदि आदानप्रदान गर्ने कार्यले सर्वव्यापकता हासिल गरेको छ । झन् कोरोना महामारीपछि त हरेक कामको विकल्पको रूपमा सञ्जाल र एप्सहरूलाई लिइएको छ । यसै सन्दर्भमा सामाजिक सञ्जालसम्बन्धी केही उपलब्ध तथ्य र मानिसहरूको धारणा र प्रवृत्तिलाई समेटर सानो आलेख पस्कदैछु ।

सामाजिक सञ्जालको रूपमा पहिलो परिचित साइट सन् १९९७ मा स्थापित सिक्स डिग्रिज नामक सञ्जाल रहेछ । जसमा आफ्नो प्रोफाइल अपलोड गर्न र समूहका साथीहरूसँग कुराकानी गर्न सकिँदो रहेछ । यसको केही वर्षपछि यस्तै सैद्धान्तिक अवधारणालाई पछ्याउँदै माइस्पेयस लाइकिन्ड हुँदै सन् २००६ पछि फेसबुक र ट्विटरको प्रवेशसँगै समाजिक सञ्जालले विश्वमा कब्जा जमाएको रहेछ । वेबसाइटमा प्रकाशित तथ्याकंलाई आधार मान्ने हो भने हाल विश्वको करिब ५५ प्रतिशत अर्थात करिब ४ दशमलव ५५ अर्ब मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दा रहेछन् । पछिल्लो प्रकाशित तथ्यांक अनुसार करिब २ दशमलव ७४ अर्ब मानिसहरूले फेसबुक, २ दशमलव २९ अर्बले युट्युब र दुई अर्बले ह्वाटस अफ चलाउने रहेछन् । अझ यसमा फेसबुक मेसेन्जरको पनि अलग्गै तथ्यांक १ दशमलव २३ खर्ब रहेको देखिन्छ । यस अन्तर्गत धेरै मानिसहरू दुई वा दुईभन्दा बढी सञ्जाल प्रयोग गर्ने त छँदैछन् ।

कतिपयलाई के भ्रम छ भने यस्तो सञ्जाल नेपालजस्ता बेरोजगार बढी भएका देशमा मात्र बढी प्रयोग हुन्छ । तर तथ्याकंले त्यस्तो भन्दैन । बरु बढी स्वतन्त्र मानिएका मुलुकमा बढी उपयोग भएको पाइन्छ । जनसंख्याको हिसाबले ठूलो मुलक मानिएको चीनबाहेक अन्य मुलुकहरू यस्तो सञ्जाल प्रयोगमा अगाडि नै देखिएका छन् । भारत र अमेरिका फेसबुक, ट्विटरमा अग्र तीनमा नै पर्ने रहेछन् । नेपालको सन्दर्भमा चर्चा गर्दा कुल सञ्जाल प्रयोगकर्ताको करिब ६६ प्रतिशतले फेसबुक र करिब ३१ प्रतिशतले ट्विटर चलाउने रहेछन् । कन्टेन्टको हिसाबले फेसबुकमा व्यक्तिगत, आत्मगत, मनोरञ्जनात्मक, कम आधिकारिक र कम टिकाउ खाले बढी मात्रामा अपलोड भएको देखिन्छ भने तुलनात्मक रूपमा ट्विटरमा पेसागत, बौद्धिक र दार्शनिक प्रकृतिका प्रयोगकर्ताको बाहुल्यता देखिन्छ ।

यिनै आँकडा समेतको आधारमा १३ वर्षमाथिका अधिकांश विश्ववासीहरू कुनै न कुनै रूपमा सञ्जालको प्रयोगसँग जोडिएकै देखिन्छ । प्रस्तुत सन्दर्भमा लकडाउनको अवधिमा सञ्जालमा समय बिताउने क्रममा आपूmसँग जोडिएका करिब चार हजार साथीहरू र सार्वजनिक गरिएका सामग्रीहरू समेतका आधारमा देखिएका केही सकारात्मक तथा नकारात्मक प्रवृत्तिहरू र सोप्रतिको आफ्नो निजी धारणा उल्लेख गर्दैछु ।

सकारात्मक प्रवृति एवं असर
सञ्जालको माध्यमबाट निकै महत्वपूर्ण सूचनाहरू निकै कम समयमा लक्षितवर्गसम्म संप्रेषण गर्न निकै सहयोग पुगेको छ । यसले सामान्य उपयोगकर्ताहरूको समग्र सञ्चार लागतमा निकै कमी गरेको छ । आफन्त र मित्रहरूको सफलता र शुभकार्यमा बधाई, शुभकामना एवं कृतज्ञता प्रकट गर्न तथा मृत्यु वा पीडामा शोक र सान्त्वना दिने राम्रो माध्यम बनेको छ । जसले मानिसहरू बीच सुमधर सम्बन्ध कायम गर्न सहयोग नै पुगेको देखिन्छ ।

सामाजिक कार्यक्रम र सोख अनुसारका व्यक्तिगत फोटो भिडियोहरू सार्वजनिक गर्ने प्रवृत्तिले मानिसलाई खुसी हुन र बाँड्न मद्दत पुगेको छ । आफ्नो प्रतिभा र सिर्जना प्रदर्शनका लागि राम्रो प्लेटफर्म बनेको छ । धेरै प्रतिभावान व्यक्तिहरूको उदय र प्रवद्र्धनमा सहयोगी बनेको छ । सहज विज्ञापनको माध्यम बनेको छ । एक्लोपन र दिग्दारीमा रहनुपर्ने अवस्था मानिसहरूको लागि समय काटन र खुसी रहन सुलभ र सजिलो माध्यम बनेको छ । लेखेर, बोलेर, रेकर्ड गरेर जसरी पनि सन्देश प्रवाह गर्न सकिने भएकोले समय अन्तर र कार्य समयको बोझलाई व्यवस्थापन गरेर प्रयोग गर्न सकिने विशेषता रहेकोले व्यस्त र पेसागत मानिसहरूलाई पनि बढी उपयोगी देखिएको ।

नकारात्मक प्रवृत्ति
अनावश्यक प्रतिस्पर्धा, रिस, राग, प्रतिशोध, गालीगलौज लगायतका कार्यहरूमा समेत सञ्जाल प्रयोग गर्ने प्रवृत्ति बढदो छ । आफ्नो विचार र आपूmले मानेको जाति, धर्म, दर्शन, राजनीति, नेतालाई मात्र प्रधान मान्ने र अरूको अस्तित्वलाई स्वीकार नगर्ने र यसको विरोधमा जुनसुकै हदसम्म नै गिर्न चाहाने प्रवृत्ति फैलँदो छ । कुनै अन्य प्रसंगमा खिचिएका फोटो, भिडियो लगायतका सामग्रीलाई असान्दर्भिक रूपमा अउलोड गर्ने र भाइरल बनाउने मात्र होइन प्रविधिको दुरुपयोग गरी विभिन्न तरिकाले प्रशोधन गरी चरित्रहत्या गर्ने क्रम बढदो छ । साथै यस्ता सामग्रीको आधारमा अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव र शान्तिमा समेत खलल पु¥याउने प्रवृत्तिसमेत बढ्दो छ ।

नक्कली आइडीमार्फत अप्रासांगिक वा गलत विषयहरूलाई प्रवद्र्धन गर्ने, विभिन्न यौन दबाब वा प्रभावका पोस्ट गर्ने वा संवाद गर्ने (सेक्सुयल ह¥यासमेन्ट) गर्ने लगायतको परिपाटी बढदै छ । अरूले लेखेका पोस्टमा जताभावी कमेन्ट गर्ने, अश्लीलताको हदसम्म उत्रने र अझ अस्थिर राजनीतिक वातावरणमा छिनछिनमा समर्थन छिनछिनमा विरोध गर्ने परिपाटी बढ्दो छ । सत्तामा रहेका र कानुनी रूपमा अनुगमन गर्ने अधिकार प्राप्त गरेका निकायहरू पनि आफ्नो गुणगान गाउने समूह र झुण्डलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो गलत कार्यको अनुगमन र कारवाही गरी सार्वजनिक गर्ने काम निकै फितलो देखिएको छ । मूल जिम्मेवारीभन्दा बढी सामाजिक सञ्जालमा रुमल्लिने प्रवृत्ति पनि बढ्दो देखिएको छ ।

सोच परिवर्तनको खाँचो
संसारमा भएका हरेक परिवर्तनको कारक मानिस नै हो । यसका सकारात्मक र नकारात्मक असरको भागिदार पनि आपूm स्वयं नै हो । अबको युगमा सामाजिक सञ्जालको उपयोगविना मानिस रहन कठिन छ । अतः यसका नकारात्मक असरबाट कोही भाग्न खोजेर पनि सुख छैन । किनकी बाँच्नलाई अर्कै संसार निर्माण गर्नुपर्छ । यसका सकारात्मक पक्षको लाभ लिन कोही चुक्न हुन्न । यसका लागि सबै प्रयोगकर्ताका यसको सही उपयोगको बारेमा सचेत हुन आवश्यक छ । सञ्जाल पनि परिवारजस्तै हो । जसरी परिवारका सदस्यहरूलाई सम्मान र माया गरिन्छ, अरूको विचार र भूमिकालाई स्वीकार गरिन्छ त्यसरी नै सञ्जालमा भएका साथीहरूको विचार र कामको सम्मान गर्नु पर्दछ । आफ्ना विचार र भावना राख्दा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्दछ ।

अरूले व्यक्त गरेको कुरा चित्त बुझेन वा कुनै कारणले त्यस्ता विषयले पीडा हुन्छ भने त्यस्ता समूहबाट आपूmलाई अलग गर्ने वा सहभागी नहुने विकल्प प्रविधिले दिएको छ । त्यो उपयोग गर्नु पर्दछ । अरूको वालमा गएर आफ्ना व्यक्तिगत विचार, लान्छाना, आक्रोश व्यक्त गर्नु अरूको घरभित्र पसेर उसलाई अपमानित गर्नुजस्तो नै हो । मानिसको विचार, आस्था, जीवन दर्शन पृथक हुनु स्वभाविक हो । अझ त्यही भएर नै मानिस अन्य प्राणीभन्दा फरक भएको हो भन्ने तथ्य बिर्सन हँुदैन । अतः आपूmले अनुशरण गरेबाहेक अरूलाई निषेध गर्ने मानसिकताले सञ्जालको सदस्य हुनु गलत हुन सक्छ । जसरी सडक, घरआँगन, आपूmले प्रयोग गरेको मैदान, बगैंचा सफा गर्नु हाम्रो कर्तब्य त्यसरी नै सञ्जाललाई सफा राख्न पनि आपूmले फोहर नगर्ने प्रतिद्धताका साथै बेला बेला सबै मिलेर फोहर मिल्काउन काम पनि गुर्न आवश्यक हुन्छ । अन्त्यमा, सञ्जाल उपयोग गर्दा हरेक दिन देशविदेश घटना परिघटना, आपूm र आफन्तका भलोकुसारी र असल सोचहरू सुनेर लाभ लिने बातावरण बनाउन सबै लाग्ने सके सार्थक हुने देखिन्छ ।

प्रतिक्रिया