प्रभासको नयाँ चलचित्रको बजेट दुई अर्ब

मुम्बई । निर्देशक नाग अश्विनको नयाँ चलचित्रमा प्रमुख भूमिकामा दक्षिण भारतीय चलचित्रका अभिनेता प्रभास देखिँदैछन् । यो चलचित्रमा सुपरहिरोको भूमिकामा देखिन लागेका उनको अपोजिटमा बलिउड अभिनेत्री दीपिका पादुकोण रहने छन् । दीपिकाले प्रभाससँगै यही चलचित्रबाट तेलुगुमा डेब्यु गर्दैछन् । बलिउड अभिनेता अमिताभ बच्चन पनि यस चलचित्रमा विशेष भूमिकामा देखिने जनाइएको छ ।

शीर्षक अहिलेसम्म नटुंगिएको यो चलचित्रमा काम गर्ने कलाकारको पारिश्रमिकलाई लिएर अहिले भारतीय चलचित्रवृत्तमा निकै चर्चा भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार यो चलचित्रमा काम गर्ने सबै कलाकारको पारिश्रमिक जोड्दा दुई सय करोड भारु पुगिसकेको छ । चलचित्रका लागि नेसनल अवार्ड बिजेता निर्देशक नाग अश्विनले ‘महानटी’ मै काम गरेको प्रोडक्टसन टिम छानेका छन् ।

प्रतिक्रिया