एनएमबि बैंकको उर्जा ऋणपत्रमा अधिक आवेदन

काठमाडौ । एनएमबि बैंकले नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको थियो ।

ब बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनामा लगानीको लागि उपयोग गरिने पनि बैकले जनाएको छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजना लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशत भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।

उक्त ऋणपत्र आब्हान गर्नुको मुलभुत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्घता अनुरुप उत्तरदायी भुमिका निर्वाह गर्दै बैंकिग सेवा प्रदान गर्नु रहेको पनि उल्लेख छ । हालको विषम परिस्थिति र महामारीको प्रभावका वावजुद विश्वास गरेर एनएमबि उर्जा ऋणपत्र खरिद गरी सहयोग र सदभाव प्रदान गर्नेलाई बैकले आभार ब्यक्त गरेको छ । बैकले देशभरीका १ सय ८१ शाखा, १ सय ३७ एटिएम, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गदै आइरहेकोपनि जनाएको छ ।

प्रतिक्रिया