नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो आज नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ जेठ ३ गते नेप्से २७७०.८८ विन्दुमा पुगेको थियो ।

यस्तै, आज कूल ११ अर्ब ३५ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि २०७७ साल माघ २६ गते १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बराबरको करोबार भएको तथ्यांक छ ।

प्रतिक्रिया