राष्ट्रियसभा उपचुनावमा सहयोग माग्न नेपाल निवास पुगे बादल

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका छन् । वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन् ।

उनी नेपाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

प्रतिक्रिया