एमाले कार्यदलको पहिलो बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेभित्रको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्दै छ । २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी पाएको कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने बताइएकाे छ । कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका समस्या सुल्झाउँदै जानेछन् ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाएका थिए । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य रहेका छन् । कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

प्रतिक्रिया