लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मनोनयन आज

काठमाडौं । जेठ १७ गते सोमवारका दिन सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन कार्यालय दाङमा आज उम्मेदवारको मनोनयन हुँदैछ । अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने चन्द्रबहादुर खड्काले माओवादी परित्याग गरेपछि उनको सिट खाली भएको थियो । एमालेले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले भने प्रदेश सभाको सदस्य पदबाट राजीनामा गरेर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पाण्डेलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया