‘कार्यदलमा पार्टीको एकता र देश हितका निम्ति पूरा प्रयास हुनेछ’

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले पूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल पछि बनेको कार्यदलमा पार्टीको एकता र देश हितका निम्ति पूरा प्रयास हुने बताएका छन् । आइतवार साँझ एक ट्वीट गर्दै नेता रावलले आफूले २०७५ साल जेठ २ अघिकै स्थितिमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै आएको समेत बताएका छन् ।

उनले भनेका छन्, नेकपा(एमाले)को पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ।कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ।

 

प्रतिक्रिया