प्रशान्त र रविनको ‘बिरानो सहर’

काठमाडौं । निरन्तर रुपमा गीत संगीतको क्षेत्रमा लागिरहेका गायक हुन् प्रशान्त मिस्ट र रविन बराल । उनीहरु खोजी हेर, चाहेको मैले, जति टाढा, हर मौसम, लगायत दर्जन गीतमा आफ्नो आवाज दिएर दर्शक स्रोताको मनमा बस्न सफल भएका छन् । यतिबेला गायक प्रशान्त र गायक तथा सञ्चारकर्मी रविनको आवाज रहेको नयाँ गीत ‘बिरानो सहर’ सार्वजनिक भएको छ ।

गीतमा लय तथा शब्द गायक रविनकै रहेको छ । गीतको भिडियो निर्देशन प्रशान्त मिस्टले गरेका छन् । उक्त गीतलाई लिएर गायक रविन र प्रशान्तले आफूहरु निकै आशावादी रहेको बताए । गायक मिस्ट र बरालले भने, ‘यस अघिका गीतलाई दर्शक स्रोताले जसरी माया गरिदिनु भएको छ, आशा छ यो गीतलाई अझ माया गरिदिनुहुनेछ । किनभने हामीले रक ब्लुज गीतमा समाजको यथार्थ चित्रण गर्ने कोशिस गरेका छौ ।’ गीतको भिडियोमा आदित्य सिंह ठ्कुरी र सुप्रिया थापालाई मुख्य भूमिकामा देख्न सकिन्छ । उक्त गीत हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया