काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका एक हप्ता लागि सिल

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरीले जानकारी दिए ।

चिनियाँ खोपको दोस्रो मात्रा लगाउनेका लागि पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म जान पाउनेछन् । एम्बुलेन्स सहित स्वास्थ्य, खानेपानी, दुग्ध, फोहोरमैला र कृषि उपजका गाडी स्वास्थ्यका मापदण्ड पालना गरी गुड्न पाउने नगरप्रमुख गिरीले बताए ।

प्रतिक्रिया