कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टी आफ्नो धर्म र संस्कृति अनुसार गर्न पाइने

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै संक्रमित शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति

अनुसार गर्न सकिने जानकारी दिएको हो । यस्तै शव व्यवस्थापनमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनालाई सहभागी हुन पाइने छ।यद्यपि, संक्रमितको शव व्यवस्थापन गर्न सम्भव नभए नेपाली सेनाले सहयोग गर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया