काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो, सक्रिय संक्रमित १५ सय

काभ्रे । काभ्रे जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । जिल्लाको विभिन्न नगरपालिका गाउँपालिका गरी बुधबार सम्ममा जिल्लाकै मृत्यु हुनेहरुको संख्या ६८ छ भने अन्य जिल्लाका यस जिल्लामा उपचाररत अवस्थामा ज्यान गुमाउनेको संख्या ३३ गरि जम्मा १ सय १ जनाको मृत्यु भएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख डाक्टर नरेन्द्र कुमार झाका अनुसार जिल्लामा स्थिति नियन्त्रण बाहिर जान थालेको र अति नै भइसकेको बताए । उनले दिएको जानकारी अनुसार १३ वटा स्थानिय सरकारहरुमा बनेपा नगरपालिकामा सबैभन्दा धेरै संक्रमित छन् । जसमा २७७ महिला ३२९ पुरुष गरि ६ सय ६ जना रहेका छन् भने सबैभन्दा कम जिल्लाको विकट गाउँपालिकाको रुपमा परिचित खानीखोलामा २ जना रहेका छन् । यस्तै धुलिखेल नगरपालिकामा १३९ महिला १७१ पुरुष गरी ३१० रहेका छन् ।

यस्तै पनौती नगरपालिकामा १६१ महिला १४४ पुरुष गरी ३०५ जना रहेका छन् । पाँचखाल नगरपालिकामा ४६ महिला५२ पुरुष गरि ९८ जना, नमोबुद्ध नगरपालिकामा २० महिला ३५ पुरुष गरि ५५ जना, चौरीदेउराली गाउँपालिकामा ३ महिला, ११ पुरुष गरि १४ जना, रोशी गाउँपालिकामा ५ महिला १३ पुरुष गरि १८ मण्डन देउपुर नगरपालिकामा २३ महिला २९ पुरुष गरि५२ जना,तेमाल गाउँपालिकामा २ महिला ८ पुरुष गरि १० जना,भुम्लुमा ९ महिला १७ पुरुष गरी २६ , बेथानचोक गाउँपालिकामा ६ महिला १२ पुरुष गरी १८ र महाभारत गाउँपालिकामा ३ महिला र १ पुरुष गरी ४ जना रहेका छन् ।

यसरी जिल्लाभर ६९४ महिला र ८२४ पुरुष गरी १५ सय१८ सक्रिय संक्रमित रहेका छन् । यि मध्ये अस्पतालको आइशोलेशनमा ४८ जना र होम आइशोलेशनमा १४ सय ७० जना रहेका छन् । जसमा २० जना महिला र २८ जना पुरुषले अस्पतालको आइशोलेसनमा उपचाररत छन् ।

जिल्लामा आइसियु भेन्टिलेटरको अभाव भई बिरामीहरुले होम आइशोलेसनमा नै ज्यान गुमाउन बाध्य भईरहेको सन्दर्भमा डाक्टर झाले अब लकडाउन कडाई गर्नूृपर्ने र स्वास्थ्य संकटकाल नै घोषणा गर्नेतर्फ सरकाले सोच्नुपर्ने समय आइसकेको बताए ।

प्रतिक्रिया