विश्व

चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्यो

सौर्य अनलाइन २०७८ वैशाख २६ गते १७:०२ मा प्रकाशित

बेइजिङ । चीनको लङ मार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ । गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो ।

कार्यालयका अनुसार चाङ झेङ ५बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो भने उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको कार्यालयको विज्ञप्तिमा उल्लेख छ । गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो ।

मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो । शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय