खोजखबर

गायक प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

सौर्य अनलाइन २०७८ वैशाख २३ गते २०:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन । उनले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन । ‘नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ’, ट्वीटमा भनिएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका थिए । दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । ‘नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ’, ट्वीटमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्े ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय