मेहफिल यौन हिंसाविरुद्ध

काठमाडौं । गायक जगदीश समालको आवाज रहेको नयाँ गीत ‘मेहफिल’ को भिडियो सार्वजनिक भएको छ । दीपक बस्नेतको शब्द तथा संगीतमा रहेको गीतमा बलराम समालले संगीत संयोजन गरेका हुन् भने विक्रम कार्कीले मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको भिडियोमा महिलामाथि हुने यौनहिंसाको विषयलाई देखाइएको छ । शक्तिको आडमा जोसुकैले महिलामाथि हुने हिंसा कसैको लागि पाच्य नहुने सन्देश गीतको भिडियोमार्फत दिन खोजिएको छ ।

प्रियजन राईको निर्देशन र दीपक गुरुङको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमित पल र रिया क्षेत्रीको अभिनय छ । मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन र कलर गरेका छन् । गीतको भिडियोलाई दीपक बस्नेतको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया