पुष्पको माया जालमा सनिसा

काठमाडौं । संगीतकार तथा गायक शम्भुजित बास्कोटा र गायिका मञ्जु थापाको स्वर रहेको गीत ‘पा¥यो माया जालैमा’ (गोर्खा भिएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् । प्रकाश मिश्रको मास्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत र गीतको भिडियोमा दोलखा र गोर्खाका युवायुवती बीचको प्रेमलाई देखाइएको छ ।

प्रतिक्रिया