सांसदहरुको कोरोना परीक्षण हुँदै

काठमाडौं । संघीय संसद सचिवालयले आज दुवै सदनका सांसदहरुको कोभिड १९ को पिसिआर परीक्षण गराउँदैछ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा विशेष अधिवेशनको बैठकको तयारीमा रहेको सचिवालयले दुवै सदनका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदहरुको कोभिड परीक्षण गर्न लागेको हो । अहिले १० बजेबाट संसद भवनको ल्होत्से हलमा कोभिड परीक्षण सुरु गरिएको छ ।

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिवसहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको कोभिड परीक्षण हुने सचिवालयले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मीसहित अन्य सम्बन्धित व्यक्तिको परीक्षण भने बिहीबार हुनेछ । प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव उपर छलफल र निर्णय हुनेछ ।

प्रतिक्रिया