‘दृश्यम २’ को हिन्दी रिमेक

मुम्बई । चर्चित मलयालम चलचित्र ‘दृश्यम २’ को हिन्दी रिमेक बन्ने भएको छ । पानोरमा स्टुडियो इन्टरनेसनलका निर्माता कुमार मंगत पाठकले मंगलबार आफूले चलचित्रको हिन्दी कपिराइट लिएको जनाएका छन् । निर्माता पाठकले भने, ‘दृश्यम २ को व्यापक सफलतासँग यो कथा मनबाट महशुस गरेर इमानदार रुपमा प्रस्तुत गर्नुपर्नेछ र हामी निर्माता यसका लागि तयार छौं ।’

निर्देशक जिथु जोसेफको लेखनसमेत रहेको यस चलचित्रमा मलयालम सुपरस्टार मोहनलाल जर्जकुट्टीको भूमिकामा दोहोरिएका छन् । सन् २०२१ मा अमेजन प्राइममा सार्वजनिक ‘दृश्यम २’ ले प्रशंसक र समीक्षकबाट अघिल्लो चलचित्र ‘दृश्यम’ कै जत्तिको चर्चा बटुल्न सफल भएको थियो । दृश्यमको पहिलो भागको हिन्दी रिमेक निशाकान्त कामतको निर्देशनमा बनेको थियो जुन चलचित्रमा बलिउड अभिनेता अजय देवगण र अभिनेत्री तब्बुले मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया