टेलिकमको डाटा सुबिधा

काठमाडौं । नेपाल टेलिकमले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकलाई विभिन्न आकर्षक डाटा सुविधा उपलब्ध गराएको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक ल्याएको छ ।

यो प्याक ६ सय ४९ रुपैयाँमा उपलब्ध छ । यस्तै ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी प्याकको व्यवस्था गरिएको पनि जनाएको छ । टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको जनाएको छ । ३० रुपैयाँमा २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक, २ सय ९९ मा ५०० एमबी पर डे डाटा प्याक ल्याएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया