ललितपुरका सिडिओ निरौलालाई कोरोना

काठमाडौं । ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण देखिएको छ। निरौलाले आफूमा कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनी होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि निरौला उपत्यका सिडिओहरुको आज बस्ने बैठकमा उपस्थित नहुने भएका छन् । बैठकमा भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताएको छ ।

प्रतिक्रिया