कोलकाता र बेंगलोरबीचको खेल स्थगित !

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३० औं खेलमा सोमबार हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ । कोलकाता र बेंगलोरबीचको खेल आज साँभ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने कार्यक्रम थियो । तर कोलकाता नाइट राइडर्सको क्याम्पको क्रममा खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल आजलाई स्थगित भएको छ । कोलकाता तीव्र गतिका बलर प्याट कमिन्स, स्पिनर बरुण चक्रबर्ती, सन्दीप वारियरमा कोरोना संक्रमण परिक्षण पोजेटिभ देखिएको पाइएको छ । आइपिएल गवर्निंग काउन्सिलले औपचारिक रुपमा भने जनाएको छैन । यस खेल अव पछि हुने छ । आइपिएलमा कोलकता सातौं र बेंगलोर दोस्रो स्थानमा रहेका छन् ।

अंक तालिका
दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित स्थानमा झरेको छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । दिल्लीले शनिवार कोलकातासँग खेल्ने छ । पन्जाबले विहिबार बेंगलोरसँग खेल्ने छ ।

प्रतिक्रिया