कोकाकोलाद्धारा साढे २ करोड सहयोगको प्रतिवद्धता

काठमाडौँ । कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन र महामारीलाई रोक्न २ दशमलब ४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री प्रदान गर्नेछ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्ने कोकाकोलाले जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोलाले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट प्रदान गन, खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया