जनगणना स्थगित गरियोस्

मुलुक यतिबेला राष्ट्रिय जनगणनाजस्तो महाअभियानमा जुटेको छ । तर, राष्ट्रिय जनगणना अभियान २०७८ कोरोना संक्रमण वृद्धिको थप कारक भन्ने त होइन ? भन्ने त्रास सिर्जना भएको छ । हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने कार्यतालिकाअन्तर्गत यो दशकको जनगणना आगामी २५ जेठदेखि ८ असारसम्म हुँदै छ । यसका लागि केन्द्रीय तथ्यांक विभागले आफ्नो पूर्व तयारी करिबकरिब सम्पन्न गरेको छ । तर, पूर्व तयारीलाई बिट मार्दै गर्दा कोरोनाको दोस्रो लहर एक्कासि सुरु भयो । जनगणनाका सुपरीवेक्षकहरूलाई एकसाताको प्रशिक्षण आरम्भ गरिएकै दिन अर्थात १६ वैशाखदेखि राजधानी काठमाडौं उपत्यकालगायत घनासहरी बस्ती भएका २२ वटा जिल्लामा निषेधाज्ञा लागू गरियो । एकातिर निषेधाज्ञाको समयमा सुपरीवेक्षकलाई कसरी प्रशिक्षण दिने ? भन्ने समस्या उत्पन्न भयो भने अर्कातिर सुपरीवेक्षकको प्रशिक्षण नै कोरोना संक्रमण वृद्धिको माध्यम बन्ने त होइन भन्ने चिन्ता सुरु भयो । सरकारले एकातिर २५ जनाभन्दा बढी भेला हुन नपाउने उर्दी जारी गरिसकेको छ भने अर्कातिर केन्द्रीय तथ्यांक विभागले ६० देखि १ सय २० जना सुपरीवेक्षकलाई एकै ठाउँमा राखेर सप्ताहव्यापी प्रशिक्षण दिइरहेको छ । केही ठाउँमा जिल्ला प्रशासन कार्यालयले प्रशिक्षण रोक्न लगाएको समाचार आएको छ भने केही ठाउँमा रोकिएका तालिमहरू पनि गृहमन्त्रालयको आदेश भन्दै केन्द्रीय तथ्यांक विभागले जारी राख्न लगाएको समाचार आएको छ ।

यतिबेला मुलुकभरी करिव १० हजार सुपरीवेक्षकहरूले प्रशिक्षण लिइरहेका छन् । अहिले धमाधम तालिम लिइरहेका सुपरीवेक्षकहरूले जेठको दोस्रो साताभित्र दुई वटा काम गर्नुपर्ने हुन्छ । जसमध्ये एउटा काम हो आफ्नो जिम्मेवारीभित्र रहेका घरधुरी तथा परिवार संख्याको तत्कालीन अभिलेख तयार गर्ने । दोस्रो काम हो आफू मातहतका गणकहरूलाई आवश्यक प्रशिक्षण दिएर काममा खटाउने । सुपरीवेक्षकले यी दुई वटा जिम्मेवारी पूरा गर्दै गर्दा कोरोना संंक्रमण हरेक घरमा पुग्ने त होइन ? भन्ने चिन्तालाई नजरअन्दाज गर्न मिल्दैन । किनकी अहिले भइरहेको सुपरीवेक्षक प्रशिक्षण निकै जोखिमपूर्ण छ । पा“च जनाको पिसिआर परीक्षण गर्दा तीन जना पोजेटिभ भेटिएको वर्तमान अवस्थामा ६० देखि १ सय २० जनासम्मलाई एकै ठाउँमा राखेर तालिम दिँदा के कति संक्रमित हुन्छन् ? उल्लेख गरिरहन पर्दैन ।

कि त विज्ञहरूको सुझाव मान्नुपर्छ, कि विगतका गल्तीबाट पाठ सिक्नुपर्छ । तर, सरकारले न विज्ञहरूको सुझाव मानिरहेको छ न त गल्तीबाट पाठ सिकिरहेको छ । अझ स्वास्थ्य मन्त्रालयको आग्रह गृह मन्त्रालयले नसुनेको, केन्द्रीय तथ्यांक विभागले अटेरी गरिरहेको समेत देखिएको छ । गत पुस ५ पछि राजनीतिक दलबीच भिड जम्मा गर्ने होडवाजी हुँदा, विभिन्न चाडपर्व तथा धर्मसंस्कृतिका नाममा भीड जम्मा गरिँदा, कोरोना विरुद्धको खोप लगाउने नाममा भिड जम्मा गरिँदा अहिले कोरोना संक्रमण वृद्धिले कहालीलाग्दो रूप धारण गरेको हो । राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण वृद्धि संख्या दैनिक एक हजार नाघ्दै गर्दा निषधाज्ञाको पूर्व सूचना पाएपछि धेरैले उपत्यका छाडेर आफ्नो घर गए । यसरी बसमा कोचिएर घर फर्केनेहरूको संख्या करिब ६ लाखको हाराहारीमा भएको प्रहरीको तथ्यांक छ । ती ६ लाखमध्ये कति संक्रमित थिए होलान् ? संक्रमितस“गै कोचिएर घण्टौँसम्म बसमा यात्रा गर्ने क्रममा कति जनामा संक्रमण स¥यो होला ? उनीहरू आफ्नो गाउ“घरमा पुगेपछि कति जनालाई संक्रमण सारे होलान् ? यसको भयावह परिणाम अब दुई÷चार दिनपछि आउन थाल्छ । यस्तो अवस्थामा पनि जनगणनाको काम अघि बढाउने धृष्टता गर्नु मूर्खता हो । जनगणनाको काम चार÷६ महिना ढिला भएर आकाश खस्दैन । यस्तो भयावह अवस्थामा जनगणना गर्दा यथार्थ तथ्यांक आउँदैन । जनगणनामा यथार्थ तथ्यांक आएन भने त्यसले पार्ने दुष्प्रभाव निकै भयावह हुन्छ । नीति निर्माण तहमा रहनेहरूले बेलैमा होस पु¥याउनु जरुरी छ ।

प्रतिक्रिया