भोलिदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीले गर्यो सिफारिस

काठमाडौं । भोलिदेखि सबै परीक्षा स्थगित गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ । आज बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जनाएको छ । उक्त सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुने छ ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया